नेकपामा नेतृत्वको चर्को आलोचना

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भएको छ ।

नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा प्रदेश इन्चार्ज अष्ठलक्ष्मी शाक्यले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् ।

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्त दिनु हुनेछैन भन्ने विश्वास छ ।’

उनले नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताइन् ।

‘हामीले सामन्ती शासन ढाल्यौ, तर हामी सामन्ती सोचबाट किन ग्रसित छौँ’, नेतृत्वलाई प्रश्न गर्दै शाक्यले भनिन्, ‘हामी किन गणतन्त्रको नेता बन्न सकिरहेका छैनौं ?
पार्टीमा सांस्कृतिक विचलन आएको छ । लेनदेनको चलखेल भएको छ ।’

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा पनि विरोध गरिन् । उनले केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? भन्दै प्रश्न गरिन् ।

सोही कार्यक्रममा ओली–प्रचण्डसहित शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्