नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा पक्राउ

नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरोपमा वीरगञ्जको माईस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले छापामारी ३२ थान ग्यास चुलो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले छापामारी सूर्या ब्रान्ड नामको ग्यास चुलो बरामद गरेको छ भने प्रतिमा चौकमा रहेको उक्त पसल गोदाममा पनि छापा मारी ग्यास चुलो नियन्त्रणमा लिएको हो । सर्राफको रामा भाडा पसलले सूर्या ब्रान्डको नक्कली र कमसल ग्यास चुलो बनाएर बिक्री गर्दै आएको उजुरी परेपछि छापा मारेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यद्यपि सो बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्