बेटी पढाऊ, बेटी बचाऊ अभियान : २० जना छात्रालाई साइकल वितरण

प्रदेश नं २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका–२९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २० जना छात्रालाई साइकल वितरण गरिएको छ । उक्त विद्यालयमा कक्षा ८ उत्तीर्ण गरेर ९ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

अध्ययनका लागि हौसला दिनाका साथै विद्यालयबाहिर रहेका छात्राहरुलाई पनि विद्यालय आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने साइकल वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्