सुदूरपश्चिम लगायत देशका पाँच प्रदेशमा भारी हिमपातको सम्भावना

File Photo

काठमाण्डौ – आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको बताएका छन् ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुनेछ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ र यातायातसँगै दैनिक जीवनमा नै असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्