एमाले दशौं राष्ट्रिय महाधिवशन : नेतृत्व चयन गर्न मतदान सुरू

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली, भीम रावलका साथै अरु नेताहरुले मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्