काँग्रेस १४औँ महाधिवेशन : नेपाली काँग्रेस दार्चुलाको मतगणना ९ बजे बाट हुने

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान साढे एघार बजेबाट सुरु भएको मतदान बेलुकी साढे ६ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । कूल मतको ९२ प्रतिशत मत खसेको जनाइएको छ ।

कूल १ हजार ४३ मतदातामध्ये ९ सय ५६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । दार्चुला जिल्लाको प्रदेशसभा (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मतदाताले नेतृत्व चयनका लागि मतदान गरेका छन् । यस्तै प्रदेशसभा (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मतदाताले मतदान गरेको हो ।

मतगणना राती ९ बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन पश्चात जिल्ला कार्य समिति ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना चयन हुनेछन् । ४२ जना जिल्ला कार्य समितिका लागि ६६ र २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले चुनाव लडेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्