कोटेश्वरको गेस्ट हाउसमा १४ वर्षीया बालिकालाई रातभर बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौँ – काठमाडौँको कोटेश्वरको गेस्ट हाउसमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् ।

विष्टले गत कार्तिक २७ गते कोटेश्वरस्थित गेस्ट हाउसमा लगेर एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि फरार रहेका विष्टलाई प्रहरीले बुधबार कोटेश्वर चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई कोटेश्वर ल्याएका थिए । उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा रुम बुकिङ गरेर बालिकालाई उक्त कोठामा राखेर करणी गरेको प्रहरीको भनाई छ । भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको कोइरालाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्