कैलालीका ४ वटा क्षेत्रमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन

धनगढी – कैलालीका ४ वटा क्षेत्रमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सभापति रामबहादुर बिष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल सभापतिमा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ३ मा गोकेन्द्र भण्डारीलाई पराजित गर्दै रीता चौधरी सभापतिमा निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ४ मा बसन्त रोकाया (ललित) प्यानलसहित सभापतिमा विजयी भएका छन् ।
क्षेत्र नम्बर ५ मा मत परिणाम आउन बाँकि रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्