अवैध लागूऔषध सहित पक्राउ

नवलपरासी(पूर्व) – बिनयी त्रिबेणी गाउँपालिका–१ सानो टाडीबाट करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका–३ घर भएका २२ वर्षीय कुखाङ वाईवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले शंका लागि उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, कन्काई नगरपालिका–७ बिरिङबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका–३ बस्ने २८ वर्षीय सुप्रकाश राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्