नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को दुर्घटनामा परेर निधन भएको छ । उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको थियो । मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा बन्जाडे दुर्घटनामा परेका थिए । उनको बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले जानकारी दिए ।

बुटवल बेलबासका ५५ बर्षिय बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । बन्जाडे मोटरसाइकल पछाडि सवार थिए । उनको उपचारको क्रममा निधन भएको हो । मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्