काँग्रेस १४औँ महाधिवेशन : दार्चुलाको सभापतिमा बोहरा र धामीको उम्मेदवारी, उपसभापति र सचिवमा क–कसले दिए ?

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि बर्तमान सभापति ललितसिह बोहरा र उप–सभापति एवं शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंगलबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म मनोनयनका लागि दिइएको समयमा ९ जनाले उपसभापतिमा नाम दर्ता गराएका छन् । उपसभापति पदका लागि उमेशसिह खत्री, मान बहादुर बम, महेन्द्रराज जोशी, सन्तोष ऐतवाल, लालसिह धामी, ललितसिह ठगुन्ना, पदमराज पन्त र महादेव बडूले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस सचिवका लागि ७ जनाले मनोनयन पत्र दर्ता गरेका छन् । जसमा माधवराज भट्ट, पुलेन्द्र बहादुर कार्की, उपेन्द्रसिह धामी, महेन्द्र प्रसाद बडू, देवसिह धामी, महेशसिह धामी, बीरबहादुर डडाल रहेका छन् ।

यस्तै सहसचिवका लागि जयानन्द जाेशी, राजेन्द्र प्रसाद जोशी, राजु अवस्थी, सुना बोहरा र सन्तोष दयालीले मनोनयनपत्र दर्ता गराएका छन् । उम्मेदवारीलाई मनोनयनपत्र फिर्ता लिन बुधवार (भोली) बिहान ९ बजे सम्मको समय दिइएको छ । यस्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन बुधवार बिहान ९ः३० बजे र मतदान बिहान ११ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कानून न्यान तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले मंगलवार उद्घाटन गरेका छन् । उद्घाटन शत्रपछि काँग्रेस दार्चुलाको बन्द शत्र सुरु भएको थियो । बन्द शत्रमा सहमतिका लागि छलफल भइरहेको काँग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्