काठमाण्डौको कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने

काठमाण्डौ – काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ । अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ ।

योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्