आज यी ठाउँमा हुनेछ वर्षा र हिमपात

सांकेतिक तस्बिर

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्