२१ वर्षीया पूजा फुयाल बनिन् काँग्रेसको महाधिवेशन प्रतिनिधि

काठमाडौँ – सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । आइतबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिका लागि फुयालले ४०३ मत ल्याएकी थिइन् ।

उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन् । उनीजस्तै उक्त पदमा प्रतिस्पर्धा गरेकी टंकीमाया बस्नेतले पनि ४०३ मत नै ल्याइन् । एक पदका लागि भएको निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पूजाले बाजी मारिन् ।

कांग्रेसको निर्वाचन निर्देशिकामा उम्मेदवारबीच मत बराबर भएको खण्डमा गोला प्रथाबाट टुंगो लगाउने उल्लेख छ । नेपाली कांग्रेसमा यसपालि युवाहरूको आकर्षण देखिएको छ । वडा तहदेखि नै युवाहरू विभिन्न पदमा उम्मेदवार बन्दै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकाहरूलाई हराइरहेका छन् । साथै कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहेकाहरू १४ औं महाधिवेशनका लागि पार्टी राजनीतितर्फ मोडिएका छन् ।

नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन । नेविसंघमा नेतृत्व लिनबाट बञ्चित भएकाहरू सिधै पार्टी राजनीतिमा लाग्दा युवाको संख्या बढ्दो देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्