जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय महरा पक्राउ

सांकेतिक तस्बिर

तेह्रथुम – २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्