क्यानको साधारण सभा पुसको १४ र १५ गते

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।
बैठकले सङ्घको विधानअनुसार चार वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट सङ्घहरूको अधिवेशन आउँदो माघ ७ भित्र सम्पन्न गर्न सम्बन्धित सङ्घलाई निर्देशनसमेत दिएको छ । साथै बैठकले सङ्घको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ ।
यस्तै ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमान विरुद्धको शृङ्खलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्