एमाले १० औँ महाधिवेशन : ओली सर्वसम्मत बनाउने कसरत

काठमाडौं – एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।

महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन् । तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन् ।

चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् । त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन् । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एक ढिक्का रहेको सन्देश दिन खोजेको छ । नवौँ महाधिवेशनमा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्यानल नै बनाएर चुनाव लडेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्