डोटीमा एक दम्पतीले गरे आत्महत्या

डोटी – डोटीमा एक दम्पतीले आत्महत्या गरेका छन् । आफ्नै घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका–१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।  एक वर्षअघि प्रेम विवाह गरेका उनीहरु आत्महत्याको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्