बाजुरामा आगलागी हुँदा नगद सहित लाखौँको क्षति

सांकेतिक तस्विर

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा वाड न.३ मोहतिका कात्तिके लुहारको घरमा आज दिउँसो आगलागी भएको छ ।
आगलागी हुँदा घरमा भएको धन सम्पति नगत, लत्ताकपडा,भांडाकुडा लगाएत जलेर सबै क्षतिभएको जगनान्नाथ गाउपालिकाकी प्राबिधिक कोपीला कुमारी सिहले बतायकी छ ।
घर जलेर पुर्णरुपमा क्षेति भएको र घरमा रहेको सबै सामान जलेर नस्ट भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन् ।
कात्तिके लुहारको  घरमा आजभोली खेतबारीबाट भित्याएको अन्नपात, लत्ता कपडा ,घरमा राखेका ३ लाख नगद सहिद आगोले जलेर नस्ट भयको स्थानीय गणेश बहादुर शाहीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षतिको सम्पुर्ण विवरण  नआएकोले घरमा जलेर के-कति क्षतिभएको छ अहिले भन्न नसकिने प्रहरी निरीक्षक नाथले जनाएका छन्। दिउँसो घरमा कोही नभएका र सबै खेतमा काम गर्न गएका बेला घरको भान्छा कोठाबाटः सल्केको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । दिउँसको समय भएकाले मानवीय क्षति कुनेै नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्