हिजो मात्रै प्राविधिक समस्या देखिएको बुद्ध एयरले आज तीन उडान भर्‍यो

FILE PHOTO

काठमाडौं – हिजो मात्रै जहाजको इन्डिकेटरमा समस्या आएको भन्दै बिराटनगरबाट फिर्ता काठमाडौँ ल्याइएको जहालले आज तीन उडान गरेको छ । प्राविधिक समस्या देखिएको भनेर हिजो मात्रै करीब दुई घण्टा आकाशमा फन्को मारेको थियो । सो जहाजलाई इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो ।

सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्