आईपीएल : कोलकाता नाइट राइडर्सद्वारा दिल्ली क्यापिटल्स तीन विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई तीन विकेटले हराएको छ ।

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको एक सय २८ रनको लक्ष्य कोलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायो । कोलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन बनायो । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । यो जितसँगै कोलकाता ११ खेलमा १० अङ्कसहित तालिकको चौथो स्थानमा उक्लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्