परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन ।

रिटमा संविधान बमोजिम शपथसम्बन्धी कानुन बनेर पुन शपथ नलिएसम्म परराष्ट्रमन्त्री खड्कालाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्