ईपीएल क्रिकेटमा आज काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज हुने एउटा मात्रै खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो ।

पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्