ईपीएल क्रिकेट आजदेखि सुरु हुदैँ : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौ खेल्दै

काठमाण्डौ – चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । खेल कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । सवा १२ बजे हुने खेलमा ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्