बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै चेन्नई आईपीएल क्रिकेटको शीर्ष स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्र्तगत बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै चेन्नई आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको हो ।
यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ । आज दिल्ली क्यापिटल र रोयल राजस्थान विच दिउँसो ३ बजेर ४५ मिनेटमा खेल हुदैँछ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्