सत्तारुढ गठबन्धन बैठक सम्पन्न, यही हप्ताभित्रै सरकारलाई पूर्णता दिने सहमति

काठमाडौँ – मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र नै सरकारलाई पूर्णता दिने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद विस्तार र राजनीतिक दल सम्वन्धी अध्यादेश प्रतिस्थापनका सम्वन्धमा पनि छलफल गरेको छ ।
छलफलमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको पूर्णता र अध्यादेश सम्वन्धी छलफल भएको बताए । मन्त्रिपरिषद् आज (बुधबार) पनि विस्तार भयो नि उनले भने, केही दिनमा थप विस्तार हुदै जान्छ ।
‘सरकारको पूर्णताका सम्वन्धमा आज शीर्षनेताहरुबीच छलफलमात्र भएको हो, उनले थपे– अब चाडै विस्तार हुन्छ । त्यसैका लागि त नेताहरु छलफलमा हुनुहुन्छ ।

उनका अनुसार, विहीबार /शुक्रबार सम्ममा काँगे्रस र नेकपा माओवादी केन्द्रबाट थप मन्त्रीको नाम सिफारिस हुने सम्भावना छ । प्रधानमन्त्री देउवाले संयुक्त सरकार गठबन्धनमा सहभागी पार्टीलाई मन्त्रीका लागि नाम मागेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्