असोज ९ गते नै पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाण्डौ – नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका रोकिएका प्रक्रियालाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियालाई निश्चित टुङ्गो गर्ने निर्णय गरेको बताए । उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुङ्गो लगाउने निर्णय भएको पनि बताए । प्रवक्ता शर्माले पार्टीको पालिकास्तरीय अधिवेशनपछिका अन्य अधिवेशनको हकमा केन्द्रीय समितिले आवश्यकताअनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताए ।

प्रवक्ता शर्माले देशभरका नेपाली कांग्रेसका कार्यकर्तालाई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरे । उनले सर्वसम्मत रूपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने ठाउँमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुङ्गो लगाउन अपिल पनि गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्