सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु. ९० हजार एक सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु. ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु. २५ले बढेको छ ।

चाँदी मङ्गलबार प्रतितोला रु. एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु. एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्