गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ

काठमाडौँ – कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन् ।

सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सोमबार राति दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । उनको हात र पाखुरामा चोट लागेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्