गभर्नर र अर्थमन्त्रीको राजीनामा मागसहित लगानीकर्ताले सुरु गरे आमरण अनसन

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामाकाे माग सहित लगानीकर्ताले आमरण अनसन शुरु गरेका छन्।

लगानीकर्ताहरुले पूँजी बजार र समग्र अर्थतन्त्र विरोधी अर्थमन्त्री र गभर्नरको तत्काल बर्खास्तकाे माग गर्दै आमरण अनसन सुरु गरेका हुन। उनीहरुले यसका साथै अन्य १८ वटा माग समेत राखेका छन्।

लगानीकर्ताहरु केही दिन अघिदेखि नै गभर्नर अधिकारीको राजिनामा माग गर्दै विभिन्न आन्दोलन तथा धर्ना गर्दै आएका थिए। उनीहरुले केही दिन अघि देखि रिले अनसन समेत सुरु गरेका थिए।

तर कुनै पनि निकायबाट उनीहरुको माग सम्बोधन नभएपछि विहीबारबाट नेपाल स्टक एक्सचेञ्ज अगाडि लगानीकर्ता आदित्य शिवाकोटीले आमरण अनसन सुरु गरेका छन्। उनीहरुले आफ्नो माग पुरा नभएसम्म आफ्नो अनसन जारी राख्ने जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्