बझाङमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

सांकेतिक तस्वीर

काठमाडौँ – हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उनका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।

वडाध्यक्ष जप्रेलले आमाको खोजी गर्ने क्रममा घरको भित्तामा रगतको छिटा र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लोवादेब डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वृद्धाले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्