अब युट्युब भिडियोको आम्दानीमा पनि कर लाग्ने

काठमाण्डौ – अब युट्युब भिडियोको आम्दानीमा कर लाग्ने भएको छ । पछिल्लो समयमा युट्युबमा राम्रै आम्दानी हुने भए पनि यो क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले हिजो प्रतिनिधि सभामा पेस गर्नुभएको चालु आर्थिक वर्षको बजेटमा युट्युबलाई समेत करको दायरामा ल्याइएको छ ।

नेपालभित्र पनि युट्युबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । युट्युबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्