नेपाल पपुवा न्यूनिगीसँग १ सय ५१ रनले विजयी

काठमाण्डौ- नेपाल पपुवा न्यूनिगीसँग फराकिलो रन अन्तरले विजयी भएको छ । दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ रनले विजयी भएको छ ।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १र१ विकेट लिएका हुन् ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएको हो ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्