गैँडा मारेको आरोपमा एक जना पक्राउ

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्ग दल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीले गैँडा मारेको आरोपमा एक जना पक्राउ गरेको छ ।

मुगुको मुगुम कर्मारोंग गाँउपालिका ९ रोम घर भइ काठमाण्डौको बौद्धमा बस्ने वर्ष ६२ का नाङ्गी तामाङ लामालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विगतमा समेत गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेका तामाङलाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा उपस्थित गराइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्