नुवाकोटमा पहिरो जादा दुई वटा घर बगाउनुका साथै अरु ६ वटा घर जोखिममा

File Photo

नुवाकोट – नुवाकोटमा पहिरो जादा ठुलो क्षति भएको छ । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटको गेर्खुमा दुई वटा घर बगाउनुका साथै अरु ६ वटा घर जोखिममा परेका छन् ।
विदुरदेखि २० किलोमिटर उत्तरमा रहेको विदुर नगरपालिका वडा नं. ११ माझ गेर्खुमा सोमवार राति करिव ११ वजे घरमाथिवाट आएको पहिरोले स्थानीय खिलप्रसाद न्यौपानेको घरसहित कुखुराफार्म बगाएको हो । उनको दुई वटा घरसहित कुखुरा फार्म वगाउँदा कुखुरासमेत मरेका छन् । पहिराका कारण स्थानीय ६ जनाको घर उच्च जोखिममा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्