अध्ययनका लागि जापान जान दिन कुटनीतिक पहल गर्न सरकारलाई अनुरोध

काठमाण्डौ – जापानको प्रवेशाज्ञा (भिसा) पाएर पनि कोभिड–१९ सङ्क्रमणका कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कुटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् ।

कोभिड–१९ सङ्क्रमण बढिरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो । जापानका लागि प्रवेशाज्ञा रोकिँदा झण्डै १० हजार विद्यार्थी प्रभावित भएको पीडितले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्