बेलडाँडीमा स्थानीय तहको निर्वाचनमा सूर्यचिन्हबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमा रहने निर्णय

काठमाडाैँ – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि पुनः एमालेलाई नै साथ दिने भएका छन् । स्थानीय तहको निर्वाचनमा २३ जना जनप्रतिनिधिन नेकपा एमालेबाट विजयी भएका थिए । जसमा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायाको मृत्यु भएपश्चात २२ जना रहेका थिए । जसमा २२ जना नै नेकपा एमालेलाई साथ दिन तयार भएका छन् ।

शनिवार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला कार्की सहित २२ जना नेकपा एमाले मै रहने निर्णय गरेको वडा सदस्य शंकरदत्त भट्टले बताए । हाल नेकपा एमाले भित्रको आन्तरिक अन्तर विरोधमा खेल्दै परमादेश सरकारले अध्यादेश ल्याई नेकपा एमाले फुटाएपछि गाउँपलिका अध्यक्ष थापा क्षेत्रीको अध्यक्षतामा सूर्य चिन्हबाट निर्वाचितहरुको बैठक बसी बेलडाँडीका सम्पूर्ण२२ जना जनप्रतिनिधिहरु नेकपा एमाले मै रहने निर्णय गरेको समेत सदस्य भट्टले बताए ।

देशको आवश्यकता विभाजन होईन एकता हो, कुनै सैद्धान्तिक बिमती नभई व्यक्तिगत इगो र पद लोलुपताका कारण अध्यादेशबाट जन्मिएको पार्टीको औचित्य र आवश्यकता नरहेकोले विभाजनको पक्षमा कोहि नलाग्न नेकपा एमालेको सम्पूर्ण पार्टीपंतिलाई अनुरोध समेत विज्ञप्तीमा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्