गाउँपालिकाका अध्यक्ष यादवको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिनुभयो ।

यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्