बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिन्, प्रहरी अनुसन्धान गर्दै

सांकेतिक तस्बिर

बैतडी– बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले अबैध सम्वन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँको केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी गराएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र आज अदालतबाट म्याद थपेर अनुसन्धान शुरु हुने प्रहरीको भनाई छ ।

कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान सुरु भएको र अनुसन्धान पछि अदालतमा पेश गरिने छ । माधवीका श्रीमान वैदेशिक रोजगारमा भएपछि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

गाउँकै १७ बर्षीय किशोरसंग माधवीको अवैध सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ । माधवी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन् । उनका १३ बर्षीय छोरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्