शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जादै तालिबान

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका मुस्लिम अतिवादी विद्रोही समूह शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जाने भएका छन् ।

एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालय जाँदै छन् । यसअघि आजैमात्र पूर्वी सहर जलालावाद कब्जामा लिएका तालिबानहरूले राजधानी काबुलमा भिडन्त गरेर नपस्ने बताएका थिए ।

आइतबार विज्ञप्ति जारी गर्दै तालिबानका प्रवक्ताले आफ्ना लडाकुहरूलाई काबुलको गेटमा बस्न भनेका थिए । शान्तिपूर्ण रूपमा काबुलमा पस्नेबारे छलफल भइरहेको उनले बताएका थिए ।

सोही विज्ञप्तिमार्फत् तालिबानहरूले राष्ट्रपति असरफ घानीको प्रशासनमा काम गर्ने कर्मचारी, सेना र नागरिकसँग कुनै बदला नलिने र उनीहरूलाई माफी दिने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्