लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिएका हुन् । यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सपथ गराएपछि लगत्तै नवनियुक्त अन्य मन्त्रीलाई पनि सपथ गराए ।

नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिए ।
त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्