काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार शुल्क प्रस्ताव, अरु पदका लागि कति ?

काठमाडौँ – नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो ।

यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ ।

यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि पदका लािग ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि ५ हजार, केन्द्रीय महासमिति सदस्य पदका लागि ७ हजार शुल्क निर्धारण गरिएको छ ।
यस्तै प्रदेश कार्यसमिति सभापतिका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११ हजार र सदस्य पदका लागि ५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने जिल्ला कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति र सचिव पदका लागि ७ हजार, सहसचिव पदका लागि ६ हजार र सदस्य पदका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्