बालाजुको औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा भिषण आगलागी

सांकेतिक तस्विर

काठमाडौँ – बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागीको कारण र क्षतिको विवरण भने खुलिनसकेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्