तुइन काट्दा एक नेपालीको ज्यान गएको घटनामा भारतसँग वार्ता गर्न सरकारसँग सांसदहरुको माग

FILE PHOTO

काठमाडौँ – राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाउनुभयो । सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उहाँको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताउनुभयो । उहाँले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

सांसद भगवती न्यौपानेले भूमिहीनलाई जग्गा दिने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले आयोग विघटन गरेर गल्ती गरेको आरोप लगाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्