कोरोना संक्रमण बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा ४१ सय बढी संक्रमित थपिए

काठमाडौँ – पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको छ । दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ । हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्