मालिकार्जुन गाउँपालिकाको बाँकु तमघाट झोलुङ्गे पुल यथाशिघ्र सक्न अध्यक्षको सस्पेन्सन बृजलाई पत्र

काठमाडाैँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ बाँकु तमघाट र भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको डिडीहाट–अस्कोट क्षेत्रमा निर्माण हुन लागेको झुलुंगे पुलको निर्माण चाँडो सम्पन्न गरिदिन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह धामीले सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साहको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार डिभिजन कार्यालयमा भएको भेटवार्ता कार्यक्रममा अध्यक्ष धामीले उक्त झोलुङ्गे पुल यथाशिघ्र सम्पन्न गर्ने आग्रह गर्नुभयो । उक्त झोलुङ्ग पुल निर्माण गर्न मालिका निर्माण सेवासँग २०७६ साल भाद्र २३ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य सुस्तगतिमा भईरहेकोले अझै पनि स्थानीयहरुले पुलको लठ्ठाबाटै वारीपारी गरिरहेको समेत जानकारी गराएका थिए ।

केहि दिन अगाडी दार्चुला जिल्लाको व्याँस गाउँपालिका स्थित मालघाटबाट तुइन तर्ने क्रममा एक जना बेपत्ता भएको घटनालाई मध्यनजर गर्दै त्यहि किसिमको प्रकृति घटना दोहरिन नदिन पुल निर्माण कम्पनीलाई अविलम्ब पुल निर्माण कार्य सम्पन्न गर्न तोक गरि दिनु हुन भनी पत्र समेत हस्तान्तरण गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्