दार्चुलाका जनप्रतिनिधि र सस्पेन्सन बृज डिभिजनका योजना प्रमुखबीच भेटवार्ता

काठमाडाैँ – सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साह र दार्चुलाका जनप्रतिनिधिबीच भेटवार्ता भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरसिँह कार्की, नेपाली कांग्रेस दार्चुलका सभापति ललित बोहरा, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिँह धामी, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी लगायतको टोलीले आइतबार सोही कार्यालयमा गएर भेटवार्ता गरेका हुन् ।
नेपाल भारत सिमाना भएर दार्चुलामा बग्ने महाकाली नदी माथि बन्न लागेको झोलुङ्गे पुलको प्रगति विवरण तथा ढिलासुस्तीबारे जानकारी लिएका थिए । यसैगरी दार्चुलामा बन्न लागेका पुलहरुको बारेमा जानकारी लिएका थिए ।
भेटवार्ताका क्रममा शैल्यशिखर नगर प्रमुख धामीले ढिलासुस्तीका कारण दार्चुलावासीले तुइनबाट ज्यान जोखिममा राखेर आवतजावत गर्नुपरेको र केहि दिन अगाडी भएको तुइन घटनाबारे जानकारी गराएका थिए ।
जवाफका क्रममा योजना प्रमुख साहले कोभिड–१९ को कारणले ठेकेदारले ढिलासुस्ती गरेतापनि अब चाँडै नै उक्त कार्य अघि बढ्ने समेत ध्यानाकर्षण गराएका थिए । भेटका क्रममा सिडिई गोपी कुमार श्रेष्ठले पनि उक्त क्षेत्रमा पुल निर्माण चाँडो सम्पन्न गर्ने तथा ठेकेदारलाइ बढीमा ४ महिनाको समय दिने बताए ।
केहि दिनमा ठेकेदारलाई बोलाई उसको धारण लिने र ढिलासुस्ती गर्ने देखिए सम्झौता रद्द गर्ने समेत बताए ।
यसैगरी मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकाबाट माग भई आएका योजनाहरु नसमेटेर अर्कै योजनाहरु पहुँचको आधारमा समावेश गरिएको भन्दै आपत्ती जनाएका थिए । चालु आर्थिक बर्षमा दार्चुलामा १० भन्दा बढी झोलुङ्गे पुलका योजनाहरु रहेकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्