१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सांकेतिक तस्विर

काठमाडौँ – बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकालाई शनिवार उनले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्