जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

काठमाडौं – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनी आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्