उपत्यकाको निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्